Sunday, February 26, 2017

Gwangiu NGO द्वारा चिदिपानी माबिका १२ जना जेहेन्दार बिद्यार्थीलाई सहयोग



















चिदिपानी माध्यमिक विद्यालय जुनियाँ ७ चिदिपानी गुल्मीमा विद्यालयका १२ जना र मुसिकोट माविका ३ जना
जेहेन्दार विद्यार्थी लाई कोरियन बौद्धिक सोसाइटी "Gwangiu NGO" बाट सहयोग हस्तान्तरण गरिएको छ।सोसाइटीबाट विद्यार्थीलाई आवश्यक कापी ,कलम ,झोला,छाता लगायतका पाठ्य तथा अन्य सामाग्री र प्रती विद्यार्थी ३५०० नगद हस्तान्तरण गरिएको थियो।
सहयोग हस्तान्तरण सोसाइटीका नेपाल बितरक गोपाल आचार्यले गर्नुभएको थियो। कोरियन बौद्धिक सोसाइटीद्वारा यस विद्यालयलाइ बिगत लामो समयदेखि सहयोग गर्दै आएको छ।

चिदिपानी माबि, जुनियाँ माबि लगायत जुनियाँ गाबिसमा विभिन्न सहयोग गर्दै आउनुभएका गोपाल आचार्य ज्यु  तथा उहाको यस सहयोगी सस्था "Gwangiu NGO" लाई हार्दिक सम्मान

फोटो सहयोग:-  गोपाल आचार्य ज्यु , न्युज रिपोटर:- अर्जुन खत्री, रामु सेन ठकुरी,  सुनिल न्यौपाने