सत्यवती गाउँपालिका: ऐतिहासिक, सांस्कृतिक र विकासको आधारभूमि
➡️ परिचय
सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तहहरूमध्ये एक गाउँपालिका हो। ऐतिहासिक, धार्मिक, सांस्कृतिक, र भौगोलिक महत्व बोकेको सत्यवती गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्ला मा अवस्थित छ।
साविकका गाउँ विकास समितिहरू ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनियाँ र भार्से को संयोजनबाट बनेको यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरू रहेका छन्।
- क्षेत्रफल: ११५.९२ वर्ग किलोमिटर
- कुल जनसंख्या: २३,८०७
- गाउँपालिकाको केन्द्र: जोहाङ्ग खैरेनी
⏩️ यस गाउँपालिकाको वडा नं. ७ अन्तर्गत पर्ने जुनियाँ ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण बस्ती हो। यसको भौगोलिक सौन्दर्य, कृषि प्रणाली, धार्मिक सम्पदा, शिक्षादीक्षा, र आधुनिक विकास यस क्षेत्रलाई विशेष आकर्षणको केन्द्र बनाएको छ।
🟤 भौगोलिक अवस्थिति
जुनियाँ पश्चिम नेपालको लुम्बिनी प्रदेश, गुल्मी जिल्लामा अवस्थित छ।
- अक्षांश (Latitude): २८.०६° उत्तर
- देशान्तर (Longitude): ८३.४१° पूर्व
सीमाना:
- पूर्व: जोहाङ्ग
- पश्चिम: रुपाकोट
- उत्तर: भार्से
- दक्षिण:जोहाङ्ग
स्थलरूप र भू-वनोट:
जुनियाँको भौगोलिक बनावट उच्च पहाडी क्षेत्रको रूपमा रहेको छ, जसको भूभाग कडा चट्टानी पहाडहरूले बनेको छ।
- थामा लेक (२५६० मिटर) – जुनियाँको सबैभन्दा अग्लो स्थान
- चिदीपानी– जुन खेती योग्य भूभाग भएको तल्लो क्षेत्र हो (दलदल भएको क्षेत्र भएकाले चिदी र पानी भनेर चिनिन्छ। )
- वन-जंगल– माथिल्लो क्षेत्रहरूमा प्रशस्त सामाजिक वनजंगल पाइन्छ, जसले वातावरणीय सन्तुलनमा योगदान पुर्याएको छ।
🔴 साविकका वडाहरूको विवरण
साविकको जुनियाँ गाविसमा १ देखि ९ सम्मका वडाहरू थिए।
हालको नयाँ संरचना अनुसार यी वडाहरूलाई समेटेर सत्यवती गाउँपालिकाको वडा नं. ७ निर्माण गरिएको छ।
यसरी, साविकका विभिन्न गाविसहरूलाई समायोजन गरी नयाँ स्थानीय तहहरूको निर्माण गरिएको छ, जसले प्रशासनिक कार्यहरूलाई सहज र प्रभावकारी बनाएको छ।
💧 जलस्रोत र सिँचाइ व्यवस्था
जुनियाँका विभिन्न भागहरूमा पानीको पर्याप्तता फरक देखिन्छ।
- माथिल्लो क्षेत्र (साविकका १, २, ३, ४, ५ वडाहरू) पानीको अभाव
- तल्लो क्षेत्र (साविकका ६, ७, ८, ९ वडाहरू): पर्याप्त प्राकृतिक मुहानहरू
मुख्य पानीका स्रोतहरू:
- ठुलोपधेरा
- बुढाथोकी धारा
- टोग्दी खोला
- आरुपाटा
📉 जनसंख्या र सामाजिक संरचना
२०६८ सालको जनगणना अनुसार जुनियाँको कुल जनसंख्या २,८४७ थियो।
२०७८ सालको जनगणना अनुसार जुनियाँको कुल जनसंख्या २,३२० रहेको छ।
यहाँ विभिन्न जातजाति को बसोबास छ, जसमध्ये मुख्य जातहरू निम्न छन्:
- ब्राह्मण, क्षेत्री, मगर, नेवार, दमाई, कामी, सार्की आदि।
धार्मिक आस्था:
- 🕉️ हिन्दू धर्म प्रमुख
- ✝️ क्रिश्चियन धर्म प्रति पछिल्ला वर्षहरूमा आस्था बढेको छ।
- 🕊️ बौद्ध धर्म प्रति केही आस्था राखेको पनी देखिन्छ।
📝 शिक्षा र शैक्षिक संस्था
जुनियाँमा पूर्ण साक्षर घोषणा भइसकेको छ।
मुख्य विद्यालयहरू:
1. चिदीपानी माध्यमिक विद्यालय (कक्षा १० सम्म)
2. जुनियाँ माध्यमिक विद्यालय (कक्षा १० सम्म)
3. भगवती प्राथमिक विद्यालय (कक्षा ३ सम्म)
4. हेमन्त प्राथमिक विद्यालय
विद्यालयहरूमा आधारभूत शैक्षिक सुविधा उपलब्ध छन्।
🏥 स्वास्थ्य सेवा र पूर्वाधार
- वडा नं. ८ मा उप-स्वास्थ्य चौकी स्थापना
- वडा नं. १ मा उप-स्वास्थ्य चौकी स्थापना
- मातृ तथा नवजात शिशु सेवा उपलब्ध
- स्वास्थ्य स्वयंसेवकहरूमार्फत प्राथमिक उपचार सेवा
- सरुवा रोग तथा बालस्वास्थ्य कार्यक्रम सञ्चालन
खुला दिसामुक्त क्षेत्र घोषणा
जुनियाँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ, जसले सरसफाइको अवस्था राम्रो बनाएको छ।
🛣️ यातायात र ☎️ सञ्चार
- जुनियाँमा मोटरबाटो विस्तार भइसकेको छ।
- जीप तथा अन्य सवारीसाधनहरू सहजै सञ्चालन हुन्छन्।
- आवस्यक परे बस सेवा उपलब्ध छ।
- नेपाल टेलिकम र एनसेल नेटवर्क राम्रोसँग काम गर्छ।
- इन्टरनेट सुविधा बढ्दै गएको छ।
⛳️ कृषि तथा मुख्य व्यवसाय
जुनियाँका अधिकांश बासिन्दाहरू कृषिमा आश्रित छन्।
मुख्य उत्पादन हुने बालीहरू:
- धान
- मकै
- गहुँ
- कोदो
पशुपालन पनि यहाँको महत्वपूर्ण व्यवसाय हो। स्थानीयहरूले गाई, भैंसी, बाख्रा कुखुरा बंगुर पालन गर्छन्।
🛕 संस्कृति, परम्परा र धार्मिक स्थलहरू
लोकप्रिय परम्पराहरू:
- खड्ग जुधाउने परम्परा
- पञ्चवली प्रथा
- सरायँ नाच (जुन अझै पनि जुनियाँ कोट मन्दिरमा विशेष महत्वका साथ मनाइन्छ)
प्रमुख मन्दिरहरू:
- देउराली मन्दिर
- चन्देश्वरी मन्दिर
- झाइदेउ देवी मन्दिर
- भयर कोट मन्दिर
- सत्यवती मन्दिर
- भैरवस्थान मन्दिर
---
🛒व्यापार र व्यवसाय
- दैनिक उपभोग्य सामान पाइने साना पसलहरू छन्।
- स्थानीय उत्पादनको व्यापार बढाउन बजार व्यवस्थापन आवश्यक छ।
सम्पर्क
सत्यवती गाउँपालिका कार्यालय
- ☎️ सम्पर्क नम्बर: ०७९-४११०७६
- 📧 इमेल: satyawati_gaunpalika@gmail.com
- 🌎 वेब पोर्टल : https://satyawatimun.gov.np
वडा नं. ७ कार्यालय (जुनियाँ)
- 📧 इमेल: satyawatiward07@gmail.com
- 📲 वार्ड अध्यक्ष: ९८४७००८८६१
- 📲 वार्ड सचिव: ९८६९७९३२२२
🔛निष्कर्ष: विकासका सम्भावनाहरू
✅ पर्यटन प्रवर्द्धन: गुफाहरू, मन्दिरहरू र प्राकृतिक सौन्दर्यलाई प्रचार गर्नुपर्ने आवश्यकता।
✅ सिंचाइ सुविधा विस्तार: पानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक।
✅ व्यवसायिक कृषि: आधुनिक प्रविधिबाट कृषि उत्पादन वृद्धि गर्न सकिने सम्भावना।
✅ सञ्चार र डिजिटल सुविधा: इन्टरनेट पहुँच विस्तार गर्न आवश्यक।
धन्यवाद!