Saturday, February 25, 2017

[How to] Type in Nepali in Computer/ Laptop Even When Offline Google Input Tools कम्प्युटरर ल्यापटपमा अफलाइनमा नेपाली कसरी टाइप गर्ने

आफ्नो सिमित ब्लग वा वेबसाइट मा गएर नेपाली युनिकोड मार्फत नेपाली टाइप गएन पनि सकिन्छ मैले यस्तो किसिमको जानकारी यहाँ पनि राखेको छु।

आज नया नया प्रविधिहरु बनेका र सुधार भएका छन यसै बिचमा यहाँ हजुरहरु संग मैले छलफलको बिषय बनाएको छु गूगलले स्थापना गरेका विभिन्न सेवा मध्ये गुगल भाषा सेवाको बारेमा यो सेवा उपयोग गर्न कुनै वेबसाइट जानु  र  नेटवर्कको पनि आवश्यक पर्दैन।

यहाँ तपाईँले आफ्नै कम्प्युटरबाट सजिलै नेपाली भाषा टाइप गर्न Google Tools (पहिले भनिन्थ्यो Google Transliteration IME) को स्थापना निर्माण गरेको छ।

डाउनलोड गर्न तपाईं यहाँ दिइएको URL (लिंक) मा जानुहोस।

www.google.com/inputtools 

अब त्यस पछी यस्तो पेज खुल्छ
दाहिने तर्फ रहेको Choose your languages भन्दा तल रहेको Nepali मा क्लिक गर्नुहोस फेरी तल I agree to the Google Terms of Service and Privacy Policy क्लिक गरेर Download बटनमा क्लिक गर्नुहोस।
अब यो सफ्टवेयर फाइल हजुरको डिभाईजमा डाउनलोड हुन्छ अब उक्त डाउनलोड भएको सफ्टवेयर फाइललाइ क्लिक गर्नुहोस र यसपछी नया बक्स खुल्छ त्यसमा पनि RUNलाइ क्लिक गर्नुहोस अब हजुरको डिभाईजमा Instal हुन्छ।
अब तपाईंको task bar को दाहिने तिर हेर्नुहोस। त्यहाँ ENG देख्नुभयो अब त्यसलाई क्लिक गरेर त्यहाँ दिएको बिकल्पहरुबाट छान्नुहोस नेपा NEPALI (Google Input Tools) लेखेको छान्नु होस।

अब हजुरले रोमन अंग्रेजीमा कही पनि टाइप गर्न सुरु गरेपछि Google Toolsले तत्काल नेपालीमा रूपान्तरण गर्नेछ।
यो पोस्ट पढिदिनु भएकोमा म हार्दिक आभारी छु। कृपया कुनै पनि जानकारी लिनु वा दिनु परेमा यहाँ कमेन्ट गर्नुहोला