Monday, December 5, 2016

जीप दुर्घटनामा जुनियाँका चालकको मृत्यु

बागलुङ, १८ मंसिर – जिल्लाको अधिकारीचौर गाविसको वडा नम्बर–९ मा पिकअप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छभने ३ जना घाईते भएका छन् । शुक्रबार साँझ पश्चिम बागलुङको बोबाङबाट बुर्तिबाङतर्फ आउँदै गरेको ध१च १६९ नम्बरको पिक जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा चालक गुल्मी जुनियाँ गाविस वार्ड न. २ का २३ बर्षिय कृष्णबहादुर (पवन) शाहीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
 दुर्घटनामा अधिकारीचौर–४ का २९ बर्षिय ढालेन्द्र थापा गम्भिर घाईते भएका छन् । उनको अनुहार र हातमा चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मी केशब थापाले जानकारी दिए । थापालाई थप उपचारका लागि पोखर रिफर गरिएको छ । बोहरागाउँ–६ का २८ बर्षिय रविन घर्ती र बोहरागाउँ–९ का २२ बर्षिय प्रकाश घर्ती मगरको स्थानिय बुर्तिबाङ सिटी अस्पतालमा उपचार भईरहेको छ । चालकले मदिरा सेवन गरेर जीप चलाएका कारण दुर्घटना भएको घाईतले बताएका छन् ।
जीपको ब्रेकले पनि राम्रोसँग काम नगरेको यात्रुको भनाई छ । अधिकारीचौरको कोईलारा भन्ने ठाउँमा जीप सडकबाट ७० मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ कृष्णबहादुर (पवन) शाही को असामयिक निधनको खबरले हामीलाई मर्माहत बनाएको छ । यस दुखद घडीमा स्वर्गीय उहाँको दिवंगत आत्माको शान्तिको कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौ र शोक सन्तप्त परिवार सहित परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।
जुनियाँ न्युज