Friday, July 3, 2015

पूर्ण साक्षरता, पूर्ण बालबालिका भर्ना र घर भित्रको बायु प्रदूषण मुक्त जुनियाँ गाबिस घोषणा

"पूर्ण साक्षरता, पूर्ण बालबालिका भर्ना,
एक घर एक चुलो जुनियाँ बासीको प्रतिबद्धता"

आज मिति २०७२ साल असार १८ गते शुक्रबारका दिन एक समारोहका साथ जिल्ला विकास समिति गुल्मीको समन्य तथा जुनियाँ गाउँ विकास समितिको आयोजनामा यो मूल नारालाई  घोषणा गरिएको छ।  सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भएका छन , बिगत केहि बर्षको प्रयास पछी गाउका बासिन्दा पूर्ण साक्षर हुनुभएको छ जुनिया लाइ सुधारिएको चुल्हो अन्तर्गत घर भित्रको बायु प्रदूषण मुक्त गा.बि.स. भनेर घोषित गरिएको  छ गत बर्ष यस गाबिसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको थियो।
जुनियाँ माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित उक्त समारोहमा जी.बि.स. अधिकृत श्री बिनोद मरासिनी, उर्जा विकास अधिकृत श्री चिरन्जिबी भट्टराई, ना शु. श्री भीमसेन थापा, श्री ज्ञान ब. महत्रा, पत्रकार मित्र श्री भुवन भुसाल ज्यु अनि जुनिया गा.बि.स.का सचिव श्री प्रेमराज खनाल, सम्पूर्ण वार्ड प्रतिनिधि गाउका बुद्दिजिबि तथा भद्रभलाद्मीहरु विभिन्न संघसंस्था,बिद्यालय, क्लब, समुह का प्रतिनिधिहरु  पाल्नु भएको थियो यस खुसियालीको समयमा गाबिसबसी उपस्थिति बाक्लो मात्रामा थियो।

धन्यवाद फोटो तथा यो सामग्री उपलब्ध गराउनु भएकोमा यस जुनियाँ गुल्मी नेपाल फेसबुक पेजका एडमिन मित्र रामु सेन ठकुरी ज्यु प्रति,

अन्य बिबिध जानकारी को लागि कृपया हाम्रो आधिकारिक फेसबुक पेज जुनियाँ गुल्मी नेपाल लाईक गर्नुहोला।