Sunday, July 2, 2017

सत्यवती गाउँपालिकाको अध्यक्षमा पारिश्वर ढकाल (नेका) र उपाध्यक्षमा सूवर्ण शाही (एमाले) विजयी


स्थानिय निकायको निर्वाचनमा गुल्मीको सत्यवती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षका उम्मेदवार कांग्रेसका पारिश्वर ढकाल ५ हजार १ सय ९७ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी एमाले–जनमोर्चा गठबन्धनका उम्मेदवार अम्मर सिञ्जापतिले ५ हजार १ सय २९ मत प्राप्त गर्नुभयो। ढकाल र सिञ्जापतिको मत अन्तर मात्रै ६७ छ।
त्यस्तै उपाध्यक्षमा एमालेका सूवर्ण शाही ५ हजार ४ सय ८१ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादीकी टोकला थापा ४ हजार ९ सय ३५ मत प्राप्त गर्नुभयो।

 सत्यवती गाउपालिका वडा १,२,३,४,५र ७मा एमाले विजयी भएको छ भने वडा न:६र ८मा काङ्ग्रेस विजय भएको थियो । यस नतिजाबाट के बुझ्न सकिन्छ भने प्रमुख पदका लागि जनताले पाटी भन्दा ब्याक्ती हेरेको पाइन्छ ।

सत्यवती गाउपालिका वडा अध्यक्षका विजयी उम्मेदवारहरु
वडा १ भिमलाल पाण्डेय नेकपा एमाले ७२०, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस ६७९

 वडा २ ददिराम कुँवर नेकपा एमाले ५०६, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस ४२४

 वडा ३ रुक बहादुर राना नेकपा एमाले ८९२, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस ७८४

 वडा ४ दान बहादुर राना नेकपा एमाले ७९२, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस ५६२

 वडा ५ ओम प्रकाश भण्डारी नेकपा एमाले ७७८, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस ५३९

 वडा ६ बिष्णु प्रसाद भण्डारी नेपाली कांग्रेस ११९८, निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले ५३१

वडा ७ लोक बहादुर बुढाथोकी  नेकपा एमाले ८०२, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस ३०

वडा ८ भार्से  सन्त कुमार थापा नेपाली कांग्रेस ३९९, निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले ३१५


स्थानिय निकायको चुनावमा निर्वाचित सम्पुर्ण विजयी जानप्रतिनिधिलाई  सफल कार्यकालको हार्दिक शुभकामना