Wednesday, February 22, 2017

जुनियाँ चिदिपानीमा वडा न:७लाई गाबिसकै पहिलो पुर्णसरसफाइ वडा घोषणा











अर्जुन खत्री, जुनियाँ चिदिपानी गुल्मी


मिति:२०७३/११/१० गते जुनियाँ चिदिपानीमा रहेको वडा न:७लाई गाबिसकै पहिलो पुर्णसरसफाइ वडा घोषणा एक भब्य समारोहका बिच घोषणा कार्यक्रम सम्पन्न गरेको छ। घोषणा कार्यक्रमको सभापति वडा संयोजक लक्ष्मी खत्री, प्रमुख अतिथि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणका जिल्ला वास सल्लाहकार बिनोद प्रकाश लुहार रहनुभएको थियो भने बिशिष्ट अतिथिमा जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ परियोजनाका प्रमुख ब्याक्तित्वहरु, गाबिस सचिब ,पुर्व गाबिस सचिब लगायतका ब्याक्तित्वहरु रहनुभ्एको थियो ।कार्यक्रममा स्वागत मन्तव्य लक्षमण भण्डारीले राख्नुभएको थियो यस्तै कार्यक्रमको बिचबिचमा विभिन्न गाबिसका समाजसेवी,वृद्धिजिवि राजनैतिक दलका प्रमुख लगायतले मन्तव्य राख्नुका साथै विभिन्न सास्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन लोकबहादुर बुढाथोकीले गर्नुभएको थियो।

नोट :- यहाँका सामाग्रीहरु अर्जुन खत्रीबिश्वास राज पौडेलद्धारा तयार पारिएको हो