Tuesday, May 19, 2015

जुनिया चिदिपानी कैरालबोट लघुविद्युत

गुल्मीको जुनिया चिदिपानी कैरालबोट गाउमा अझै पनि बिधुत पुग्न सकेको छैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ , गुल्मी जिल्ला पुर्बधारको बिकासमा अगाडी रहेको भन्दै हिड्ने यहाका सभासद हरुको यो ठाउमा त्यती ध्यान गएको देखिदैन किनकी गत ९ बर्ष देखी यस गाउ मा रहेका करिब १२ घरधुरी ले आफ्नै लगानीमा भार्से खोला देखी खेत मा लगाउने पानी को सदुपायोग गर्दै रातीमा मात्रै भएपनी बिजुली उत्पादन गरी बिजुली बत्ती बाल्दै आइ रहेका छन् । आज भन्दा ९ वर्ष पहिले बिधालय पढ्ने बेलामा आफु हरुलाई असजिलो भयको भन्दै स्थानिय युवा प्रीतम न्यौपाने, बाबुराम भन्डारी, हरि भन्डारी, रामु न्यौपाने,  नारायण न्यौपाने, भक्ती राम ज्युले मिलेर गाउबाट आर्थिक सहयोग उठाएर कैरालबोट गाउमा बिजुली बत्ती बाल्न सफल भएका थिए, जुन अहिले सम्म निरन्तर चल्दै आएको छ   २ किलो मेगावाट क्षमता रहेको छ यस लघुविद्युत यतिका वर्ष बितिसक्दा पनी जुनियामा बिजुली पुर्याउने पहल त परै जाओस त्याहाका युवाले सुरु गरेको यो सरहनीय कार्यलाई पनी कही कतै बाट सहयोग नमिलेको स्थानियको गुनासो छ। विद्युत प्रसारण लाइन नै नपुगेको उक्त गाउमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।